आज म तपाईं हरू लाई कै समय आगाडी लिएर जाँदै छु तै रमाईलो ससमय अनि रमाइलो मान्छे हरु सँग र तै रमाइलो उँ /उनी सँग हो तै बाल्यकाल अनि विद्यालय लाइफ मा।  

 हुन त विद्यालय या कलेज पढ्न आफ्नो अनि बाबा आमा को ईच्छा पूरा गर्न आको हामी यस्तो कुरा मह मागमोहन हुन्छौ जुन कुरा हाम्रो हात मा नि हुन्न। हो तै अनौठो मान्छे अनि अनौठो माया सँग। 

यस्तो मान्छे जसलाई देखने वितिकै तै फिल्मी शैली मा क्षेऊ बाट बतास उडेको जस्तो महसुस हुने ,सँगै उनी र मह मात्रै भै जस्तो हुने ,सबै वातावरण ले नी साथ दिएको जस्तो हुने,उसको लागि सब्बै थोक गर्न सक्ने आँट आई जस्तो अनुभब हुने साच्चै नै अति नै गहकिलो भावना हुने मान्छे।

हामी सब्बै को कोई यस्तो मान्छे हुन्छ। न त कै कुरा गर्न नै सकिन्छ न त साथ बिताउन नै सकिन्छ बस केवल निस्वार्थ माया अनि भावना सँग जोडिएको नाता मात्र हुन्छ। उँ सधै आँखै आगाडी हुन्छ तर पनि आफ्नो साथ हुँदैन केवल त्यो ठोस मुर्ति जस्तै । सब्बै ले उँ सँग नाम जोडछन् अनि जिस्काउँछन् एक समय त आफू नी झुक्किन्छ साच्चै उनी मेरै हुन की भनेर तर उहुँ जिस्काउने साथी को बोली मा नी स्वार्थ लुकेको थियो होला सायद साँचो भएन। 

विडम्बना त के छ भने नी यो सब आफ्नो कल्पना मात्र हुन्छ। तर पनि आस भने मर्य हुन्न । आज उनी , त्याे झुटो आश दिने साथी,उसले मन पराउने आएको मान्छे ,त्यो सब्बै याद हरु अनि आफू लाई सम्झिदै मुस्कुराउनु होला ।
 
                  समय अनि सन्दर्भ सँगै केहि शब्द कोर्ने प्रयाश गर्य छु।पढेर प्रतिकृया दिनु होला। 

Read everyline two times if possible.


सुन्दै केहि अनौठो लाग्ने, अनि केही फरक आभास हुने माया
 आफ्नै जस्तो लाग्ने, तर आफ्नो न भएको माया
म सँगै छौ जस्तो लाग्ने, तर म सँग न भएको माया
म सँगै रमाउँदै छौ जस्तै लाग्ने ,तर म सँगै नरमाउने माया

तिमी लाई के थाहा तिमी मेरो लागि कति 
माथि छौ भनेर।(२)
तिमी लाई के थाहा कोही त चाडै आउँछ होला मेरो 
   आफ्नो कोही छ भनेर।

म त मेरी आफ्नै भन्छु ,तर मेरी नभएको माया
सपनाझै बनी आयौ तिमी,मैले भुलाउन नसकेको माया
केही भन्नत भन्थेनौं तर, सवै कुरा बुझेझै लाग्ने माया
मलाई नै चाहन्छौ जस्तो लाग्ने , तर तिमीलाई थाहा नभएको माया

सायद म तिमी सँग बोल्दा रिसाउछौ होला
सायद म तिमी सँग बोल्दा अनौठो मान्छौ होला 
बस् यही त फरक छ तिमी मलाई सम्झनौं भन्छौ होला 
बस् यही त फरक छ तिमी मलाई चिन्दैनौं भन्छौ होला 

एक दिनत मेरी हुन्छौ होला भन्ने म ,कहाँ आस मार्न सक्थेँ र म
तिम्रो बयान गरेर नथाक्ने म, तिमीलाई सम्झेर कहाँ थाक्थेँ र म
आफु लाई बिर्सिन थालिसकेको म, अरूलाई तिम्रो बारेमा भन्ने गर्थेँ म
तिमी लाई आफ्नो बनाउन चाहने म, पाएँ अरू के माग्थेँ र म


अझ, अचम्मत के छ भने तिमीलाई थाहा नै। छैन म माया गर्छु भनेर
मलाई भन्न नि त डर लाग्छ कतै अस्वीकार गर्छौ होला भनेर
भन्ने कोसिस भने न गर्या हैन ,धेरै पन्ना लेखे तिमीलाई माया गर्छु भनेर
तर ,दिन भने सकिन तिमीले अस्वीकार गर्छौ होला भनेर 

सायद तिमी डराउँछौ होला सपनी मा देख्छु भनेर (२)
म नि त डराउँछु लाटी सायद भाग्यमै छैन होला भनेर

हेर न ! कुरा त मिल्दै गयो तर भावना भने मिलेन
केही फरक त परेन केवल मागेको कुरा पुगेन

जन्मिँदै टुटे जस्तो जाग्छ बन्धन जो कुनै थाहानै थिएन(२)
   यात भनु यो भाग्य कसैले कोरेको थिएन(२)


   - रमेश पोख्रेल । Ramesh Pokhrel




हा हा आहिले सम्झिएर नी हाँसो लाग्यो होला हैन सब्बै लाई । सायद जीवन नैं यै हो भएको याद हरू सम्झिएर मुस्कुराउनु अनि फेरि मुस्कुराउने बाटो खोज्नु ।